नयाँ शैक्षिकसत्र आजदेखि, ११ को पढाइ भदौबाट हुने

डिसी नेपाल
१ असार २०७८ ६:३३
432
Shares

काठमाडौं । कक्षा १० सम्मको नयाँ शैक्षिकसत्र आजबाट सुरु हुँदैछ। विद्यार्थीको आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाश भएर आजदेखि नयाँ शैक्षिसत्र सुरु हुन लागेको हो। कक्षा ११ को भने भदौपछि हुने भएको छ।

शिक्षा तथा मानव विकास श्रोत केन्द्रका अनुसार भौतिक रुपमा उपस्थित भएर पठनपाठन हुन नसकेपनि भर्ना कार्य आजदेखि गरिनेछ। बैकल्पिक सिकाइका माध्यामबाट सिकाइलाई पनि निरन्तरता दिइने केन्द्रको भनाइ छ।

अभिलेखीकरणको समय असार १५ सम्म रहेको छ। केन्द्रले असार १५ सम्म अभिलेखीकरण गर्ने र नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍ याउने काम गरिनेछ।

यस्तै, कक्षा १० का विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कनबाट साउन दोश्रो सातामा अन्तिम नतिजा प्रकाशन गरी भदौदेखि पठनपाठन सञ्चालन गरिनु पर्ने जानकारी राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यो वर्ष कक्षा २, ३ , ६ र १२ मा नयाँ पाठ्यक्रम लागु गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। विद्यार्थीहरुले आजैदेखि नयाँ पाठ्यक्रम अनुसारको किताब पठनपाठन गर्ने छन्। उपत्यकाका तीन वटै जिल्लाका नगरपालिकाले पनि आजैदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *