लाखौंलाई खोप लगाइसकेपछि फाइजर र मोडर्नाको खोप प्रश्नको घेरामा, सीडीसीले जाँच गर्दै

डिसी नेपाल
१ असार २०७८ ११:०२
5.5k
Shares

काठमाडौं। अमेरिका र युरोपका विकसित देशहरुमा ठूलो परिमाणमा लगाइसकिएका खोपहरुमाथि गम्भीर प्रश्न उठेको छ । फाइजर कम्पनीको कोरोनाभाइरस खोप तथा मोडर्ना कम्पनीको कोरोनाभाइरस खोपमा प्रश्न उठेको हो । अमेरिकामा यी दुवै कम्पनीका खोप लगाएका युवाहरुमा छातीमा जलनको समस्या देखिन थालेको छ । यस्तो समस्या देखिएका केसहरु ठूलो संख्यामा आएका छन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार ३१ मेसम्म १६ देखि २४ वर्ष उमेर समूहका लाभार्थीहरुमा फाइजर वा मोडर्नाको खोपको दोस्रो डोज लगाएपछि ‘मायोकार्डाटिस’ वा ‘पेरिकार्डाइटिस’का २७५ केस रेकर्ड गरिएका छन् । विशेषज्ञहरुले भने यस्ता १०२ केसहरु भेटिने सम्भावना देखाएका थिए । सीडीसीले यी केसहरुको जाँच गरिरहेको छ । सीडीसीले फाइजर र मोडर्नाको भ्यासिन लगाइसकेपछि मुटुको दुर्लभ समस्या भएका कूल ८ सय केसहरुको जाँच गरिरहेको न्यूयोर्क टाइम्सले जनाएको छ

विशेषज्ञका अनुसार यी सबै केसहरु भ्याक्सिनसँग नै सम्बन्धित हुने सम्भावना कम छ । र, भ्याक्सिनबाट हुने फाइदा यी दुर्लभ जटिलताहरुको जोखिमभन्दा कैयौं बढी छ । तर, यस्ता रिपोर्टले केही अनुसन्धानकर्ताको चिन्ता बढाएको छ किनकि ५० प्रतिशतभन्दा धेरै मुटुको समस्या १२ देखि २४ वर्ष उमेर समूहमा देखिएको छ । जबकि कूल खोप लगाएका व्यक्तिहरुमध्ये यो उमेर समूहका व्यक्तिहरुको संख्या केवल ९ प्रतिबत छ ।

सीडीसीका भ्याक्सिन एक्सपर्ट डा. टमका अनुसार यी आंकडा सन्तुलित छन् । १८ जुनका दिन एजेन्सीका सबै सल्लाहकारहरु मुटुसँग सम्बन्धित समस्या (मायोकार्डाइटिस, मुटुका मांशपेशी सुन्निने, पेरिकार्डाइटिस, मुटुको आसपासको झिल्ली सुन्निने) का कारणहरुबारे छलफल गर्नको लागि एक बैठक बस्दैछन् । दुर्लभ मुटुको समस्याका लगभग दुई तिहाइ केसहरु युवा पुरुषहरुमा देखिएका छन् जसको औसत उमेर ३० वर्ष छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.