विश्वकै पहिलो ‘मास्क फ्रि’ देशले आजदेखि खोल्यो मास्क, अब मास्क लगाउनु अनिवार्य छैन

डिसी नेपाल
१ असार २०७८ १२:३१
4.8k
Shares

काठमाडौं। कोरोनाभाइरस महामारीपछि इजरायल विश्वकै पहिलो ‘मास्क फ्रि’ देश बनेको छ । आजदेश इजरायलमा बन्द ठाउँभित्र पनि मास्क लगाउनु अनिवार्य छैन । जेरुसेलम पोस्टका अनुसार स्वास्थ्य मन्त्रालयका महानिर्देशक प्रोफेसर चेजी लेभीले सोमबार बेलुकी जनस्वास्थ्य अध्यादेशको संशोधनमा हस्ताक्षर गरेका छन् । यससँगै अब इजरायलका व्यवसायसहित सबै क्षेत्र महामारीभन्दा पहिलेकै अवस्थामा संचालन हुन सक्नेछन् ।

यद्यपि अझै पनि यहाँ ३ नियमहरु भने लागू रहनेछन् । लामो समयसम्म अस्पतालमा रहनेगरी भर्ना भएका वृद्धहरु तथा कोरोनाभाइरसबाट गम्भीर बिरामीहुन सक्ने जोखिममा रहेका वर्गका मानिसहरु भएको ठाउँमा भने मास्क लगाउनु पर्नेछ । कोरोनाभाइरस आइसोलेसनमा बस्नुपर्ने मानिसहरुले पनि आफूहरु क्वारेन्टाइन बस्ने स्थानसम्म जाने क्रममा अनिवार्य मास्क लगाउनुपर्नेछ । हवाइजहाजका यात्रुहरुले पनि मास्क लगाउनु पर्नेछ । स्वास्थ्य संस्थामा जानेहरुले कुन कुन अवस्थामा मास्क अनिवार्य लगाउनुपर्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले छिटै विस्तृत गाइडलाइन जारी गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.