श्रीमानले अर्की गर्लफ्रेण्ड खोजेपछि महिलाले आफ्ना ६ मध्ये ५ छोराछोरी मारिदिइन्

डिसी नेपाल
१ असार २०७८ १५:४४
2.2k
Shares

काठमाडौं। एक आमाले आफ्ना बच्चालाई जति माया गर्छिन् त्यति माया सम्भवतः अरुले गर्दैनन् । तर, कुनै महिलाले आफ्ना श्रीमान अर्की कुनै महिलासँग बाँड्न पनि सक्दैनन् । जर्मनीमा यस्तै एउटा घटना भएको छ जहाँ एक महिलाका श्रमिान अर्की महिलासँग लागेपछि महिलाले आफ्ना ६ जना छोराछोरीमध्ये ५ जनालाई मारिदिएकी छिन् ।

जर्मनीको मिडिया डेचे वेलेको रिपोर्टअनुसार गएको सेप्टेम्बरमा जर्मनीको सेलिंगन सहरमा ५ जना बालबालिकाको संदिग्ध अवस्थामा मृत्यु भएको थियो । बालबालिकाको मृत्युको यो मामिलामा आरोप उनीहरुकी आमामाथि लागेको थियो । वुपर्टल जिल्ला अदालतमा आरोपी आमा क्रिस्टियनमाथि मुद्दा चलिरहेको छ । क्रिस्टिनमाथि आरोप छ कि उनले आफ्ना छोराछोरीलाई खानामा मिसाएर ड्रग्सको हेभी डोज दिइन् त्यसपछि उनले बच्चाहरुलाई बाथरुममा लगेर क्रुरतापूर्वक मारिन् ।

यो मुद्दामा अभियोजन पक्षले क्रिस्टियनले छोराछोरीलाई खानामा नशालु पदार्थ मिसाएर खुवाएको जसबाट बालबालिका बेहोसीको अवस्थामा पुगेको दावी गरेको छ । त्यसपछि क्रिस्टियनले छोराछोरीलाई पालैपालो बाथरुममा लगेर पानीमा डुबाएर मारेको अभियोजन पक्षले बताएको छ । यी ५ बच्चाहरुमध्ये ३ वर्षभन्दा कम उमेरका तीन छोरीहरु, ६ वर्ष र ८ वर्षका छोराहरु थिए । उनीहरुको शव गएको सेप्टेम्बरमा नर्थ राइन वेस्टफेलियास्थित परिवारको फ्ल्याटमा भेटिएको थियो ।

महिलाका छैटौं सन्तान ११ वर्षका छोरा मार्सेल यसकारण बचे किनकि घटनाको समय उनी स्कुलमा थिए । अभियोजन पक्षका अनुसार बच्चाहरुलाई मारेपछि महिलाले डसेलडर्फ सेन्ट्रल स्टेशनमा ट्रेनअगाडि आम्फालेर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् तर सुरक्षाकर्मीले उनलाई बचाए । क्रिस्टियनले भने आफू निर्दोष भएको दावी गरिरहिन् । उनका अनुसार एक नकाबधारी व्यक्ति फ्ल्याटमा आएका थिए जसले बच्चाहरुलाई मारे ।

अभियोजकका अनुसार पुलिस जाँचको क्रममा महिलाको दावी पुष्टि गर्ने कुनै पनि प्रमाण फेला परेन । अभियोजक हेरिबर्ट कोन गेभार्डका अनुसार आरोपी महिलाको आफ्ना श्रीमानकी नयाँ प्रेमिकासँग विवाद चलिरहेको थियो । उनी क्रिस्टियनका तेस्रो श्रमिान हुन् र उनी यी ६ मध्ये ४ छोराछोरीका पिता हुन् । यही कारण महिलाले श्रमिानको रिस छोराछोरीमाथि पोखेकी थिइन् ।

अभियोजकले क्रिस्टियनमाथि ‘दुर्भावनापूर्ण हत्या’को आरोप लगाउँदै उनले निर्दोष बच्चाहरुको निर्दोषपनाको फाइदा उठाएको बताउका छन् । रिपोर्टका अनुसार गएको सेप्टेम्बरमा पुलिसले ५ बच्चाहरुको मृत्युको खबर पाएको थियो । घटनास्थलमा पुलिसले १ वर्षकी मेलिना, २ वर्षकी लियोनी, ३ वर्षकी सोफी, ६ वर्षका टिमो र ८ वर्षका लुकाको शव फेला पारेको थियो । अधिकारीहरुका अनुसार पाँचैजना बच्चाको लाश बेडमा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.