भारतमा कोरोनाभाइरसको भ्याक्सिनकै कारण भएको पहिलो मृत्यु पुष्टि
काठमाडौं। भारतले कोरोनाभाइरस भ्याक्सिन लगाएकै कारण भएको पहिलो मृत्यु पुष्टि गरेको छ । भ्याक्सिनको साइड इफेक्टको अध्ययन गरिरहेको सरकारी प्यानलले ६८ वर्षका एक पुरुषको कोरोनाभाइरसको भ्याक्सिन लगाएपछि एनाफिलाक्सिस भएर मृत्यु भएको पुष्टि गरेको छ । भ्याक्सिन लगाएपछि मृत्यु भएका ३१ एडभर्स इभेन्ट्स आफ्टर इम्युनाइजेसन (एइएफआइ) को अध्ययनपछि एक व्यक्तिको मृत्यु भ्याक्सिनकै कारण भएको एनाफिलाक्सिसले भएको पुष्टि भएको हो । मिन्टको रिपोर्टअनुसार ती व्यक्तिको मृत्यु मार्च ८ मा भएको थियो ।
भारतमा एनाफिलाक्सिसका अन्य २ केसहरु पनि देखिएका थिए । जनवरी १६ र १९ मा खोप लगाएपछि समस्या भएका यी व्यक्तिहरु भने अस्पतालमा उपचारपछि निको भएका छन् । एनाफिलाक्सिस एलर्जीजस्तै प्रतिक्रिया हो जो कुनै पनि वस्तु वा पदार्थसँग सम्पर्कको तत्कालै देखिन्छ र यसले मानिसको ज्यानसमेत लिन सक्छ । भ्याक्सिनसँगको सम्पर्कपछि पनि यस्तो समस्या देखिन सक्छ तर यस्ता समस्या अत्यन्तै दुर्लभ हुन्छन् ।







डिसी नेपाल








Facebook Comment