मधेशको शान कुस्ती : स्थानीय सरकारको उपेक्षा, आफ्नै प्रयासमा तग्रँदै खेलाडी

डिसी नेपाल
४ असार २०७८ ११:४६

वीरगञ्ज। तराईमा शानका रुपमा खेलिने मौलिक खेल कुस्ती दिन प्रतिदिन हराउँदै गएको छ। प्रायःःजसो ग्रामिण भेगमा खेलिने मौलिक खेल पछिल्लो समय लोप हुन थालेको हो।

यो खेल तराई मधेसमा शानको रुपमा चिनिने गथ्र्यो। निरन्तरता दिन नसक्दा लोप हुन थाल्यो पूर्व खेलाडीहरुले भने। सरोकारवालाहरुले आश्वासन दिए पनि व्यवहारमा साथ नदिएको उनीहरुको तर्क छ। वीरगन्ज १३ को राधेमाई टोलको श्रीरामजानकी मन्दिर अगाडी फिल्डमा आफ्नै प्रयासमा खेलिरहेका खेलाडीहरुले अहिलेको आधुनिकतासंगै प्राय: मानिस आर्थिक लाभ लिन सक्ने काममा मात्र ध्यान दिन थालेको दावी गरे ।

आफ्नै संस्कुति झल्काउने खेलको जगेर्ना गर्न कुस्ती खेल प्रति सम्बन्धित निकायको ध्यान नपुग्नु बिडम्वना भएको खेलाडी मदन यादवले बताए। कुस्ती खेलमा महानगरपालिकाले सहयोग गर्ने विभिन्न आश्वासन दिए पनि खेलाडीहरुका लागी अझै सहयोग नगरेको उनको गुनासो छ । ट्रयाक सुट भने बल्ल दिएको छ उनले भने ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत कुस्ती खेलखेली मुलुकको स्वाभिमान र गरिमा बढाए धोरे निवासी कुस्ती खेलाडी अर्थात गुरु नरेश गिरी ( बाबा) को सहयोगमा निरन्तर भइरहेको खेलाडीहरुले बताए ।

कुस्ती हुने ठाउँमा माटो भर्नुको साथै आफू सक्दो ईच्छाले राधेमाई निवासी चन्दन मिश्राले बेला बेलामा सहयोग गरिरहेको उनीहरुको भनाइ छ । वीरगंजका कुस्ती आखडाबाट लडेर महेन्द्र पुलिस क्लबमा पुगेका भागवत साहले इन्डोनेसियामा च्यामपियन भएर पुरस्कृत समेत भए । तर स्थानीयस्तरमा उनको सम्मान र खेल प्रतिको सम्मान पनि हुन नसकेको यादवले बताए ।

पर्साको ग्रामिण भेगका विभिन्न ठाउँबाट कस्ुती लड्न आउने खेलाडी जस्तै कुस्ती संचालक मदन यादव समेत एक समय भौतारिदै अरुको खेत खलियानमा कुस्ति सिक्न जान्थे । त्यस्तै दुःख अफठ्याराहरु अरुले नबेहोरुन भन्ने सोचका साथ कुस्ती सञ्चालन गरेको उनी दावी गर्छन् ।

अरु बाधा व्यवधान हटाउन उनले समेत सानै उमेरदेखि कुस्ती लड्दै आएकाले पकिस्तान, थाईल्याण्ड, श्रीलंका, मदरास लागयत अन्तराष्ट्रिय स्तरमा सात पटक कुस्ती लडेर तेस्रो पुरस्कार पाउँन समेत सफल भएको उनको भनाइ छ ।

अन्तराष्ट्रियस्तरमा पहिचान दिलाउन सफल कुस्ती अखडालाई वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले अनुगमन गर्ने बेला कुस्ती हुने ठाउँमा कर्कटको घर बनाई दिने आवश्वासन दिए पनि हालसम्म एक पैसाको सुविधा नदिएको खेलाडीहरुको आरोप छ ।

कुस्ती खेल तराई मधेसको ग्रामिण भेगमा मात्र खेलिने हुँदा यसलाई नेपाल सरकारले उपेक्षा गरेको मदन यादवको आरोप छ । विश्वमा नै प्रख्यात भईरहेको खेलहरुमा मधेशको सान र संस्कृति झल्काउने कुस्ती लडाईमा सरकारको लापर्वाहीका कारण दिन प्रतिदिन

कुस्ती लडाकु हराउँदै गईरहेको आखडाका गुरु समेत रहेको नरेश गिरीबाबाको भनाइ छ । बाल्यकालदेखि नै कुस्ती गर्दै आएका गिरीले छिमेकी मुलुकमा राष्ट्रियस्तरमा टप गर्ने खेलाडीलाई खानको लागी मात्र वार्षिक ६० लाखको खर्च सरकारले दिने गरेको कुरा सुनाए ।

उनले भने अन्तराष्ट्रियस्तरमा खेलाडीहरुलाई पहलवानी गर्न आवश्यक पर्ने सम्पूर्ण खर्च सरकारले नै बेहोर्ने गर्दछन् । खेलाडीको आर्थिक पाटो बलियो बनाउन खेलाडीको क्षमता अनुसार जागिरको व्यवस्थापान समेत मिलाएको हुन्छ । तर अधिकार सम्पन्न स्थानीय सरकार भए पनि देशको गौरव, संस्कृतिलाई उजागर गर्ने कुस्ती खेललाई एक पैसाको पनि सहयोग नगरेको युवा कुस्तिबाजहरु गुनासो गर्छन् ।

अन्तराष्ट्रियस्तरमा ‘गद्दामा’ र बन्द कवर्ड हलमा हुने कुस्ती खेल नेपालमा माटोमा पनि निरन्तरता गराउन आनाकानी गरिरहेको खेलाडीहरुले तर्क छ । माटोमा कुस्ती गरेर विदेशमा जादाँ नेपाली खेलाडीहरुलाई थप चरणहरु पार गर्न अप्ठ्यारो हुने गरको तितो अनुभव उनीहरुले सुनाए।

पृथ्वीको उत्पति भएदेखि नै शुरु भएको कुस्ती खेल समयको आधुनिकताले खेल उही भए पनि समय अनुसार खेल खेल्ने तरिकामा परिवर्तन भएको छ । पहिला मारधार, तोडफोड नभएसम्म हारजित हुदैन्थ्यो । तर अहिले नम्बरको आधारमा खेल हुने गर्छन् । हाल कुस्ती खेल वीरगंजको राधेमाई, पर्साको मिर्जापुर, धोरे, रामनगरी, हाँसवा लगायतका ठाउँमा आफ्नौ प्रयासमा खेलिने गरेका छन् । तराई मधेसको पर्सा जिल्लामात्र एक यस्तो ऐतिहासिक ठाउँ हो ।

राष्ट्रिय र अन्तराष्ट्रियस्तरबाट विजय हासिल गरेर पहिलो, दोस्रो र तेस्रो तहका पुरस्कार ल्याउन सफल भएको छ । तर पनि न त स्थानीय सरकारको ध्यान छ । न त प्रदेश सरकारकै । उनले भने मैले आफ्नो घरबाट ६० हजार लगानी गरेर काठमान्डौ कोचबाट ट्रेनिङ्ग लिएर आएको हुँ । अहिले म र गिरी बाबा समेत कोच चलाउने सक्षम भइसकेका छौँ । तर पनि हामी जति पहल गरे पनि कसैको ध्यान भने यसतर्फ पुग्न सकेको छैन । मधेशको शान, संस्कृति र परम्परालाई जगेर्ना गर्नु छ भने प्रत्येक पालिकाहरुमा कोच बनाएर खेलाडीहरुलाई आवश्यक पर्ने डाइडको व्यवस्था मिलाई उनीहरुलाई स्थानीय स्तरमा नै क्षमता अनुुसार रोजगारी दिनुपर्छ । हैन भने मधेशको शान, संस्कृति भनिने कुस्ती खेल मुखौटे कुरामा मात्रै सिमित हुने छ ।

खेलाडीले खेललाई स्थानीय निकायले उपेक्ष गरेको भनिराख्दा वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षबाट खेलकुद क्षेत्रमा ५० लाख रुपैयाँ छुट्याउने योजना बनाई खेल क्षेत्रको विकासमा जोड दिएको मेयर विजय सरावगी बताए ।

प्रदेश सरकार मातहत खेलकुद क्षेत्र रहे पनि यसको विकासको लागी प्रदेश र संघीय सरकारले समेत केही गर्न नसक्दा हामीले एक्लै चाहेर यसको संरक्षण, सम्बद्र्धन गर्न नसकेको मेयर सरावगीको भनाइ छ । आउदो आर्थिक वर्षदेखि विभिन्न खेलहरु मध्ये कुस्ती खेललाई पनि महानगरले पहिलो प्राथमिकतामा राखेर जाने उनले बताए ।

सञ्चारिका समूह नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *