गुण र दोषको आधारमा समर्थन र विरोध : निर्वतमान मुख्यमन्त्री गुरूङ

डिसी नेपाल
४ असार २०७८ १५:१९
296
Shares

काठमाडाैं। गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुण र दोषको आधारमा कृष्णचन्द्र पाेखरेलकाे नेतृत्वकाे सरकारलाई समर्थन र विरोध गर्ने बताएका छन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले पाेखरेलकाे नेतृत्वकाे सरकारलाई गुण र दाेषका आधारमा समर्थन र विराेध गर्ने जनाएका हुन्।

‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ।’

उनले पहिलो संविधान सभा कार्यकालमा आफू ककसको अध्यक्ष हुँदा नै अहिलेका शीर्ष नेताहरुको मानसिकता बुझेको जिकिर गर्दै तीमध्ये केहीको व्यापारिक र अन्य स्वार्थ रहेको खुलासा पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *