आफ्नो भिडियो हालेर पैसा कमाएको भन्दै पोर्नहबविरुद्ध ३४ महिलाले मुद्दा हालिदिए

डिसी नेपाल
४ असार २०७८ १७:५५
3.8k
Shares

काठमाडौं। विश्वका सबैभन्दा चर्चित पोर्न वेबसाइटमध्येको एक पोर्नहब विवादमा परेको छ । यो कम्पनीविरुद्ध ३० भन्दा धेरै महिलाहरुले मुद्दा हालिदिएका छन् । यी महिलाहरुले पोर्नहब कम्पनीमाथि आफूहरुको अस्लील भिडियो सहमति बिना वेबसाइटमा अपलोड गरेर आर्थिक नाफा कमाएको आरोप लगाएका छन् । यी महिलाहरुले पार्नहब कम्पनीको मालिक कम्पनी माइन्डगीकमाथि आपराधिक व्यवसाय चलाएको आरोप लगाएका छन् ।

पोर्नहबले एक बयानमा यो आरोपलाई आधारहीन, लापरवाह र झुटो भनेको छ । यी महिलाहरुले यो मुद्दा अमेरिकाको क्यालिफोर्नियामा दायर गरेका हुन् । बीबीसीसँगको कुराकानीमा पोर्नहबले आफ्नो वेबसाइटमा गैर कानुनी सामग्री सहन गर्न नसकिने बताउँदै यस्ता केसमा आफूहरुले कडा एक्सन लिने बताएको छ । अर्कोतर्फ यी महिलाहरुमध्ये एक महिलाले सीबीएस न्यूजसँग कुरा गर्दै आफू १७ वर्षकी हुँदा आफ्ना ब्वाइफ्रेण्डले झुक्याएर आफ्नो न्युड भिडियो बनाएको र पोर्नहबमा अपलोड गरेको बताएकी छिन् । ती महिलाका अनुसार उनले यो भिडियोबारे धेरै समयपछि एक साथीमार्फत थाहा पाएकी थिइन् ।

समाचार अनुसार २०१९ सालमा मात्रै पोर्नहबमा भएका भिडियो ४२ अर्ब पटक हेरिएका थिए र ६० लाखभन्दा धेरै भिडियो अपलोड भएका थिए । सीबीएसका अनुसार यो वेबसाइटमा सामग्री अपलोड गर्दा प्रयोगकर्ताले आफ्नो पहिचान पनि पुष्टि गर्नु पर्दैन र भिडियो हेर्न चाहनेहरुले पनि कुनै अनुमति लिनुपर्ने आवश्यकता पर्दैन । पोर्नहब फ्रि टु युज वेबसाइट हो र यो साइटमा साइटको कम्युनिटीमा जोडिएका व्यक्तिहरुले सामग्री अपलोड गर्छन् ।

पोर्नहबले भने यी सबै भिडियोलाई आफ्ना मोडरेटरहरुले राम्रोसँग रिभ्यु गर्ने र आफूविरुद्ध लागेका आरोपलाई गम्भीरतापूर्वक लिने दावी गरेको छ । पोर्नहबमाथि गम्भीर आरोप लागेको यो पहिलो पटक होइन । गत वर्ष मात्रै न्यूयोर्क टाइम्सको जाँचमा यो वेबसाइटमा बाल शोषण र बलात्कारका भिडियो हेर्न सकिने खुलासा भएको थियो । अहिले मुद्दा हाल्नेमध्ये १४ महिलाले भिडियो अपलोड हुँदा आफूहरु नाबालिग भएको बताएका छन् । मुद्दा हाल्ने महिलाहरु अमेरिका, थाइल्याण्ड, क्यानडा, कोलम्बिया र बेलायतका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *