ईरानको राष्ट्रपतिमा इब्राहीम रईसी विजयी
तेहरान (एजेन्सी)। ईरानको राष्ट्रपतिमा इब्राहीम रईसी विजयी भएका छन्। कट्टरपन्थी विचार राख्ने इब्राहीमले ६२ प्रतिशत मतसहित जित हात पारेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। जितपछि रईसीले देशका नागरिकहरुलाई धन्यवाद दिँदै सबैको विश्वासमा खरो उत्रिने बताएका छन्।
रईसीले यसै वर्ष अगस्टको शुरुमा राष्ट्रपति पदको शपथ लिने छन्। देशको घरेलू राजनीति र विदेशी मामिमलामा उनको निकै प्रभाव हुने मानिएको छ। ईरानको राजनीतिक व्यवस्थामा देशसँग सम्बन्धित सबै विषयमा अन्तिम निर्णय सुप्रीम लीडर आयतुल्लाह अली ख़ामनेईको हुन्छ। सुप्रीम लीडरपछि देशमा दोस्रो सबैभन्दा ठूलो पद राष्ट्रपतिको हुन्छ।
रईसीलाई सुप्रीम लीडरको विश्वास प्राप्त रहेको विश्वास गरिन्छ। उनलाई खमनेईको उत्तराधिकारीका रुपमा हेरिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment