भारतमा कोरोनाको तेस्रो लहर आउने चेतावनी, केन्द्रले लेख्यो राज्यहरुलाई पत्र
नयाँ दिल्ली (एजेन्सी)। भारतमा कोरोना महामारीको तेस्रो लहर आउने चेतावनी दिइएको छ। विज्ञहरुले तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका बेला भारतको केन्द्र सरकारले राज्य सरकारहरुलाई पत्र लेखेर सचेत रहन भनेको छ।
केन्द्रीय गृहमन्त्रालयले राज्य सरकारहरुलाई पत्र लेखेर हाल लगाइएको प्रतिबन्ध हटाउँदा निकै सावधान हुनुपर्ने बताएको छ। बीबीसी हिन्दीका अनुसार गृहमन्त्रालयका सचिब अजय भल्लाले राज्य सरकारलाई पत्र लेखेर कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारी अवस्थामा रहन सचेत गराएका छन्।
अल इंडिया इंस्टीट्यूट अफ मेडिकल साइंसेसका प्रमुख रणदीप गुलेरियाले प्रतिबन्ध हटाउँदा मानिसहरु अत्यधिक जम्मा हुने भन्दै चिन्ता प्रकट गरेका छन्। उनले यदि अहिलेको अवस्थाबाट पाठ नसिक्ने हो भने आगामी ६, ७ हप्तामा कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment