बच्चा जन्माउन अस्पताल भर्ना भएकी महिलाको डाक्टरले स्थायी परिवार नियोजन गरिदिए
काठमाडौं। डाक्टरले उपचारका क्रममा गरेका लापरवाहीका घटना हामीले बेलाबेला सुन्ने गरेका छौं । महिलेकाहीँ डाक्टरले नचाहेर पनि दुर्घटना हुन्छन् तर कहिलेकाहीँ भने डाक्टरकै लापरवाहीका कारण पनि दुर्घटना भएका छन् । यस्तै डाक्टरको लापरवाहीको घटना भारतको झारखण्ड राज्यको राँचीमा भेटिएको छ । यहाँको एक अस्पतालका डाक्टरले सुत्केरी हुनका लागि अस्पताल भर्ना भएकी एक महिलाको स्थायी बन्ध्याकरण गरिदिएको घटना सार्वजनिक भएको छ ।
भारतीइ मिडियाका अनुसार राँचीको सदर अस्पतालमा कांटा टोलीकी महिला पुनम देवी बच्चा जन्माउनका लागि भर्ना भएकी थिइन् । डाक्टरहरुले उनले बच्चा जन्माउनको लागि सिजेरियन अपरेशन गर्नुपर्ने बताए । तर, सिजेरियल अपरेशनका क्रममा डाक्रहरुले उनलाई थाहै नदिइ उनको स्थायी बन्ध्याकरण गरिदिए । महिलाको आरोपपछि स्वास्थ्य विभागले यस विषयमा जाँच गराउने भएको छ ।
अस्पतालका डाक्टरले भने महिलाको आरोप अस्वीकार गरेका छन् । अस्पतालका उपाधीक्षक डा. सव्यसाची मण्डलले बन्ध्याकरणको अपरेशनको लागि महिलाको सहमति अनिवार्य हुने भन्दै महिलाले सहमति दिएको भएरै उनको बन्ध्याकरण गरिएको दावी गरे । पुनमले भने सिजेरियन अपरेसन सकिइसकेपछि उनलाई उनको बध्याकरण समेत गरिएको जानकारी दिइएको आरोप लगाएकी छिन् । महिलाका अनुसार बन्ध्याकरणको लागि उनको, उनका श्रीमानको र उनका परिवारका कुनै पनि सदस्यको सहमति लिइएको छैन ।







डिसी नेपाल








Facebook Comment