स्टेजमा कार्यक्रम भइरहँदा जनावरको आक्रमण, ३० वटा ब्वाँसाहरुले कलाकारलाई भगाए

डिसी नेपाल
६ असार २०७८ १२:५२
1.3k
Shares

काठमाडौं। स्टेजमा नाटक प्रदर्शन भइरहेको थियो । ठूलो संख्यामा दर्शकहरुले हेरिरहेका थिए । तर यही बीचमा अचानक जंगली जनावरले आक्रमण गरेपछि त्यहाँ भागाभाग भयो । चीनको उत्तरु पश्चिमी शहर शिआनमा भएको यो घटनाले सुरक्षाको विषयलाई लिएर निकै आलोचना खेप्नुपरेको छ । शो चलिरहेका बेला ३० वटा जंगली ब्वाँसाहरु आएर कलाकारहरुलाई स्टेजबाट भगाए । ब्वाँसाहरु दर्शकहरुको बीचमा समेत दौडिइरहेका देखिए ।

लाइभ शोमा जंगली जनावरको उत्पातको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । मध्य एसियाको तांग राजवंशको इतिहासमा आधारित यो शोमा खतरनाक यात्राको दृश्य देखाइँदै थियो । यी ब्वाँसाहरु ट्युलिंग लिजेन्ड वा द लिजेन्ड अफ क्यामेल बेलका हिस्सा थिए । यो शोमा कलाकारको साथमा ब्वाँसाहरुले पनि अभिनय गरेका थिए । तर, ती ब्वाँसाहरुले अचानक कलाकारहरुलाई लखेट्न थाले र त्यहाँ भागाभाग भयो ।

सीएनएनका अनुसार चीनको सामाजिक संजाल वाइबोमा भाइरल भएको यो भिडियो हेरेपछि दर्शकहरुले यस्तो कार्यक्रममा सुरक्षाको विषयमा प्रश्न उठाएका छन् । यो भिडियो ४३३ मिलियन भन्दा धेरै हेरिएको छ । सामाजिक संजालमा केहीले यसलाई सुरक्षामा खेलवाड गरिएको भनेका छन् । हुआक्सिआ कल्चरल टुरिज्मको शीआन शाखाले भने यी ब्वाँसाले कसैलाई नोक्सान नगरेको र सबै सुरक्षित भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.