भारतमा फेरि कोरोना नियमको धज्जी उडाउँदै हजारौंको भीड, संक्रमण फैलिने जोखिम बढ्यो
काठमाडौं। यसअघि कुम्भ मेलाका क्रममा अत्याधिक भिडभाड भएका कारण कोरोना संक्रमण फैलिएर भारतमा दैनिक ४ लाखसम्म संक्रमितहरु भेटिएका थिए । कुम्भ मेला र त्यही समयमा भएको निर्वाचनलाई भारतमा कोरोना संक्रमण फैलाउने मुख्य कारक मानिएको थियो । यसरी फैलिएको संक्रमणले भारतको स्वास्थ्य संरचना नै धराशायी बनाएको थियो र यसैको प्रभाव नेपालमा परेर नेपालमा पनि हाहाकार भएको थियो ।
अब फेरि भारतमा कोरोना नियमको धज्जी उडाउँदै हजारौंको भिड जम्मा भएको छ । आज परेको गंगा दशहरा पर्वको अवसरमा गंगा स्नान गर्न हजारौंको संख्यामा भक्तजनहरु बाहिर निस्किए । गंगा स्नान गर्न निस्किएकाहरुले कोरोना प्रोटोकलको धज्जी उडाइदिए । उनीहरुले न मास्क लगाएका थिए न दूरी कायम गरेका थिए । भारतीय मिडियाका अनुसार प्रशासनले नियम लागू गराउन जति प्रयास गरे पनि भिड सुन्न तयार देखिएन ।
भारतमा पछिल्लो समय संक्रमण केही घटेको छ । संक्रमणको क्रम घट्न थालेसँगै भारतीयहरुमा कोरोनाको डर पनि घट्न थालेको छ । संक्रमण घट्न थालेसँगै लापरवाही बढेको छ । आजको दिन अर्थात ज्येष्ठ शुक्ल दशमीको दिन गंगा भगवान महादेवको जटाबाट निस्किएर पृथ्वीमा अवतरण भएको धार्मिक मान्यता छ । यही कारण आजको दिन हिन्दू धर्मका पवित्र मानिन्छ ।







डिसी नेपाल








Facebook Comment