ईरानसँगको भियना परमाणु वार्ता स्थगित, वार्ताको अर्को मिति तोकिएन

डिसी नेपाल
६ असार २०७८ २२:२३
124
Shares

भियना (एजेन्सी)। ईरान र विश्वका ६ शक्तिशाली राष्ट्रबीच जारी ईरानको परमाणु कार्यक्रमबारे वार्ता बिना सहमित स्थगित भएको छ। भियनामा जारी वार्ता स्थगित भएको ईरानी वार्ताकार अब्बास अरकचीले ईरानी टेलिभिजनलाई जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसले जनाएको छ।

ईरानी वार्ताकार अरकचीले वार्ता स्थगित भएको र आफूहरु तेहरान फर्किन लागेको जानकारी दिएका छन्। उनले वार्तामा केही महत्वपूर्ण प्रगति भए पनि अझै केही गम्भीर विषयमा सहमति जुटन् बाँकी रहेको र त्यो सहज नभएको बताएका छन्। वार्ता नयाँ मिति तय नभएकाे जनाइएकाे छ।

२०१५ मा अमेरिकालगायत ६ देश र ईरानबीच परमाणु सम्झौता भएको थियो। तर, २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सम्झौताबाट आफूलाई अलग गरेका थिए। उनले सो सम्झौता अनुसार ईरानलाई परमाणु हतियार बनाउनबाट रोक्न नसकिने बताएका थिए। सो सम्झौताबाट अलग भएसँगै ट्रम्पले ईरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका थिए।

अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि सो सम्झौता लागू गर्न फेरि वार्ता शुरु भएको हो। सो सम्झौतामा ईरान, अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनी सहभागी छन्। अमेरिकाले सो सम्झौता त्यागेपछि अन्य मुलुकहरुले अमेरिकालाई सम्झौतामा फर्काउने प्रयास गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.