चीनको सर्वाधिक जनसंख्या भएको प्रान्तमा डेल्टा भेरिएन्ट फैलियो, लकडाउन गरेर ब्यापक परीक्षण
काठमाडौं। चीनको सबैभन्दा धेरै जनसंख्या भएको गुआंगडोंग प्रान्तमा कोरोनाभाइरसको डेल्टा भेरिएन्ट भेटिएको छ । यहाँ डेल्टा भेरिएन्टको संक्रमण भेटिएपछि संक्रमणका केसहरु तीब्र रुपमा बढेका छन् । संक्रमण फैलिएको पुष्टि भएसँगै यहाँ पूरै प्रतिबन्ध लगाएर व्यापक परीक्षण भइरहेको छ । व्यापक परीक्षणको लागि सहरमा परीक्षण केन्द्रको व्यवस्था गरिएको छ । डेल्टा भेरिएन्ट अहिलेसम्म ७० देशमा देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको डेल्टा भेरिएन्टलाई पहिलेको स्ट्रेनभन्दा धेरै संक्रामक भएको बताउँदै पूरै विश्वको लागि चेतावनी जारी गरिसकेको छ । बेलायतमा यो भेरिएन्टका नयाँ केसहरु निकै बढेका छन् । अमेरिकामा पनि यो भेरिएन्टका कैयौं केसहरु भेटिइसकेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार गुआंगडोंग प्रशासनले कुनै जरुरी कामबिना घरबाहिर निस्किन रोक लगाएको छ । घरबाहिर निस्कनेहरुले४८ घण्टाभित्र आफ्नो नेगेटिभ रिपोर्ट देखाउनु अनिवार्य गरिएको छ ।
सरकारी तथ्यांकअनुसार यहाँ २१ मेदेखि अहिलेसम १६८ केस भेटिएका छन् । यीमध्ये ९० प्रतिशत केस प्रान्तको राजधानी ग्वान्झाउमा भेटिएका छन् । यद्यपि अन्य देशहरुको तुलनामा चीनमा भेटिएका केसहरु निकै कम हुन् । गुआंगडोंग प्रान्त चीनको उत्पादनको हब हो त्यसैले यहाँ धेरै संख्यामा कामदार बाहिरबाट आउँछन् र कार्गो पनि आउँछन् ।







डिसी नेपाल








Facebook Comment