निधि निवासमा निधि, कोइराला र सिंहबीच ‘लन्च मिटिङ’

डिसी नेपाल
७ असार २०७८ १५:३७
176
Shares

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुबीच छलफलले तिब्रता पाएको छ। सभापति शेरबहादुर देउवाले सातै प्रदेशका आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन् भने सभापतिको उम्मेदवारी दिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले पनि भेटघाटलाई तिब्र पारेका छन्।
यसैक्रममा सोमबार निधि निवास बानेश्वरमा निधि, महामनत्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ। निधिको वैवाहिक वर्षगाँठको अवसर पारेर निधिले सिंह र कोइारालालाई आफ्ननो निवासमा बोलाएका थिए।

लन्चसहतिको सो छलफलमा काँग्रेसको आसन्न महाधिवेशनबारे छलफल भएको निधि निकट स्रोतले जनाएको छ। निधिले आफू सर्वसम्म सभापति बन्न चाहेकाले सहयोग गर्न सिंह र कोइरालासँग आग्रह गरेका छन्। सिंह र कोइराला पनि सभापतिका आकांक्षी हुन्। काँग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका ती पुत्रबीच भएको यो भेटले काँग्रेस वृत्तमा तरंग सिर्जना गरेको छ। यद्यपी कोइराला निकट स्रोतले भने यो भेटलाई लिएर त्यति तरंगित हुन आवश्यक नरहेको बताएको छ।

पुनः सभापति हुने लक्ष्यका साथ रणनीतिक छलफल गरिरहेका देउवासँगको छलफलमै निधिले आफू सभापतिको उम्मेदवार हुने बताएका थिए। जवाफमा देउवाले चुनाव लड्न सबैले पाउने बताएका थिए भने निधिले देउवाको समर्थनमा आफू सभापति बन्न चाहेको बताएका थिए।

निधिले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बोहोराटार पुगेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन्। देउवा निकट निधि सभापतिमा उम्मेदवार बन्ने देखिएपछि फेरि सभापति बन्ने रणनीतिमा रहेका देउवालाई सकस भएको छ।

उता देउवा इतर समूहमा पनि आधा दर्जन नेताहरु सभापतिका आकांक्षी छन्। भदौ १६ देखि १९ सम्म हुने महाधिवेशनको मैदानमा कतिजना सभापतिको उम्मेदवारका रुपमा उत्रिन्छन् त्यो भने समयक्रमले बताउने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *