कोरोनाभाइरसका विषयमा उत्तर कोरियाले डब्लुएचओलाई दियो आश्चर्यजनक जवाफ
काठमाडौं। कोरोनाभाइरसले पूरै विश्वलाई आक्रान्त पारिरहेका बेला उत्तर कोरियाले भने विश्व स्वास्थ्य संगठनलाई निकै आश्चर्यजनक जवाफ दिएको छ । उत्तर कोरियाले विश्व स्वास्थ्य संगठनलाई बताएअनुसार उसले १० जूनसम्म ३० हजार नागरिकको परीक्षण गरेको छ र यीमध्ये एउटा पनि कोरोनाभाइरस संक्रमणका केस भेटिएका छैनन् ।
डब्लुएचओले मंगलबार एक निगरानी रिपोर्टमा भनेको छ कि उत्तर कोरियाको टेस्टिङको आँकडामा ७३३ जना सहभागी थिए जसको ४ देखि १० जूनमा कोरोना परीक्षण गरिएको थियो । यीमध्ये १४९ जना इन्फ्लुएन्जा जस्तो रोग वा गम्भीर श्वास प्रश्वास संक्रमणबाट पीडित थिए । विशेषज्ञहरुलाई उत्तर कोरियाको आफ्नो देशमा एउटा पनि कोरोनाभाइरस संक्रमणको केस नभएको दावीमाथि व्यापक सन्देह छ । यसको सबैभन्दा ठूलो कारण त्यहाँको स्वास्थ्य व्यवस्था र चीनसँग जोडिएको सीमा हो ।
समाचार एजेन्सी एपीका अनुसार कोरोनाविरुद्ध आफ्ना प्रयासलाई ‘राष्ट्रिय अस्तित्वको विषय’ भनेर उत्तर कोरियाले पर्यटकहरुमाथि प्रतिबन्ध लगाएको छ । कूटनीतिज्ञहरुलाई देशबाहिर पठाएको छ र सीमापारबाट यातायात र व्यापारलाई कडा रुपमा प्रतिबनध लगाएको छ । यो कडा प्रतिबन्धले अथृव्यवस्थामाथि अझै बोझ बढाएको छ ।
अर्थव्यवस्थाको गिर्दो अवस्था भए पनि उत्तर कोरियाले यति छिटै कोरोनाभाइरसका कारण लगाइएका प्रतिबन्ध हटाउने संकेत देखिँदेन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले गत हप्ता एक राजनीतिक सम्मेलनमा अधिकारीहरुसँग लामो समयसम्म कोरोना प्रतिबन्धको पालना गर्न भनेका थिए । यस क्रममा उनले अधिकारीहरुसँग कृषि उत्पादन बढाउन पनि आग्रह गरे ।







डिसी नेपाल







Facebook Comment