अमेरिकाले थप साढे ५ करोड खोप बाँड्ने, नेपालले कति पाउँछ ?
काठमाडौं। अमेरिकाले थप साढे ५ करोड खोप बाँड्ने योजनाको घोषणा गरेको छ । यो घोषणाअनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेशसहितका देशहरुले १ करोड ६० लाख डोज पाउनेछन् । अमेरिकाले विश्वलाई उपलब्ध गराएको भ्याक्सिनको यो दोस्रो लट हो । दोस्रो लटमा घोषित ५५ मिलियन डोजमध्ये १६ मिलियन डोज नेपाल, भारत, पाकिस्तान, बंगलादेशसहित १८ एसियाली देशहरुलाई दिइनेछ ।
अहिलेसम्म कुन देशलाई कति भ्याक्सिन दिने भन्ने स्पष्ट गरिएको छैन । तर, ह्वाइट हाउसले जारी गरेको फ्याक्ट शिटमा देशहरुको नाम बढी प्रभावितहरुको अगाडि राखिएको आधारमा धेरै प्रभावित देशहरुले धेरै पाउने अनुमान गरिएको छ । अहिलेसम्म अमेरिकाले ८ करोड डोज बाँड्ने घोषणा गरिसकेको छ । यसअघि घोषणा गरेको अडाइ करोड अहिले पठाउने क्रम चलिरहेको छ । त्यसपछि यो साढे ५ करोड डोज पठाउन थालिनेछ ।
ह्वाइट हाउसका अनुसार यो ८ करोड डोजमध्ये ७५ प्रतिशत कोभ्याक्स अभियान अन्तर्गत बाँडिनेछ भने २५ प्रतिशत सिधै बाँडिनेछ । अमेरिकाले यसरी बाँड्ने भ्याक्सिनहरु मोडर्ना, फाइजर र जोनसन एण्ड जोनसनका भ्याक्सिनहरु हुनेछन् । नेपालमा लगाइएको एस्ट्राजेनेका, चीनको खोपलाई भने अमेरिकाले स्वीकृति दिएको छैन ।







डिसी नेपाल








Facebook Comment