तालिबानी नेताहरुसँग भारतीय शीर्ष अधिकारीहरुले गोप्य भेटघाट गरेको खुलासा

डिसी नेपाल
८ असार २०७८ १६:३७
1.7k
Shares

काठमाडौं। भारतीय शीर्ष अधिकारीहरुले कतारको दोहा पुगेर तालिबानी नेताहरुसँग गोप्य भेटघाट गरेको खुलासा भएको छ । कतारका एक शीर्ष अधिकारीले यसको खुलासा गरेका हुन् । तालिबानसँग वार्तामा सहभागी कुनै पनि अधिकारीले भारत र तालिबानको गोप्य वाताृको खुलासा गरेको यो पहिलो पटक हो ।

कतारका आतंकनिरोधी तथा संघर्ष समाधान मध्यस्थताका लागि विशेष दूत मुतलाक बिन मजिद अल कहतानीले एक भर्चुअल कार्यक्रममा भारतीय अधिकारीहरुले तालिबानीसँग भेटका लागि कतारको गोप्य यात्रा गरेको बताएका हुन् । उनले भने ‘अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि त्यहाँ तालिबानकै वर्चश्व हुन्छ भन्ने सबै देशले मान्दैनन् तर अफगानिस्तानको भविष्यमा उसको अहम भूमिकालाई बेवास्ता गर्न सकिँदैन ।’

यही जून महिनामा मात्रै भारतीय विदेशमन्त्रीले कतारका नेताहरुसँग भेटका लागि भन्दै २ पटक कतार यात्रा गरिसकेका छन् । जयशंकरले आफ्नो यात्राको क्रममा कतारका विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र अफगान वार्तामा अमेरिकी विशेष दूत जाल्माय खालिजादसँग भेट गरेका थिए । यो खुलासासँगै जयशंकरको पटक पटक कतार यात्रा तालिबानसँग यही गोप्य वार्तासँग जोडिएको हुन सक्ने आशंका पनि गरिएको छ ।

द हिन्दूका अनुसार अफगानिस्तानबाट अमेरिका र नाटो बाहिरिएपछिको शान्ति प्रक्रियाका विषयमा दोहामा आयोजित एक कार्यक्रममा मुल्ताकले भने ‘म अफगानिस्तानमा सबै पक्षसम्म पुग्ने र उनीहरुसँग सीधा कुरा गर्ने कारण बुझ्छु । हामीले यो कुरा ख्याल गर्नुपर्छ कि हामी एक अहम चरणमा छौं र यदि कुनै भेट हुन्छ भने त्यसको एउटै उद्देश्य हुनुपर्छ – सबै पक्षलाई आफ्ना मतभेद शान्तिपूर्ण तरिकाले सुल्झाउन प्रेरित गर्नु ।’

तालिबानसँग भारतीय शीर्ष अधिकारीको भेटलाई लिएर भारतको विदेश मन्त्रालयले भने अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।कहतानीको बयानका विषयमा पनि विदेश मन्त्रालयले कुनै टिप्पणी गरेको छैन । भारत पाकिस्तानसँग शान्ति वार्तामा अहिलेसम औपचारिक रुसमा सहभागी रहेको छैन । यद्यपि दोहामा आयोजित अफगान शान्ति वार्ता समेत कैयौं बैठकमा भारतीय प्रतिनिधिहरु सहभागी भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *