‘शैतानी मेकअप’ गरेको अभियोगमा युवतीहरुको एक समूह पक्राउ

डिसी नेपाल
९ असार २०७८ ११:१०

काठमाडौं। कुवेतमा केही युवतीहरुलाई पक्राउ गरिएको छ । यो कारवाही एउटा भिडियो सार्वजनिक भएपछि गरिएको हो । भिडियोमा युवतीहरुको एक समूहले डरलाग्दा नक्कली दाँत लगाएर रगतजस्तै रातो तरल पदार्थ पिइरहेको देखिएको थियो । स्थानीय मिडिया रिपोर्टका अनुसार यी युवतीहरुले अन्धविश्वासका कारण यस्तो गरेका थिए ।

गल्फ न्युजले सूत्रको हवाला दिँदै बताएअनुसार कुवेतको मानव तस्करी प्रतिरोधी विभागलाई युवतीहरुको यो समूहले अबु हलीफाको एक घरमा यस्तो क्रियाकलाप गरेको जानकारी प्राप्त भएको थियो । विभागलाई सूचना दिनेले यी युवतीहरु डरलाग्दा दाँत लगाएर केही अवान्छित गतिविधि गरिरहेको बताएका थिए र साथमा रातो रंगको कुनै तरल पदार्थ पिइरहेका थिए ।

यी युवतीहरु ती सबै गतिविधिमा संलग्न रहेको पाइएको छ जुन गतिविधि गर्न धर्ममा मनाही छ । कुवेतको अपराध अनुसन्धान विभागले जानकारी प्राप्त भएपछि घटनाको जाँच सुरु गरेको छ । युवतीहरुमाथि शैतानी मेकअप गरेको र रगतजस्तो देखिने तरल पदार्थ पिएको आरोप छ । युवतीहरुको पहिचान खुलाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *