भीसी तुलबहादुरको नाममा बेलायतमा रेल सेवा सञ्चालन
लण्डन। ब्रिटिश गोर्खा सैनिक भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ लन्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले भीसी पुनको नामाम सेवा सञ्चालन शुरु गरेको हो।
नामकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गरेको बीबीसीले जनाएको छ। दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै तय गरिएको यो कार्यक्रम कोभिड १९ महामारीका एकवर्ष पछि सरेको हो।
भीसी पुनले दोस्रो विश्व युद्धका क्रममा बर्मामा आफ्नो ज्यानको बाजी थापेर दर्जनौ) ब्रिशिश कमाण्डरलाई बचाएका थिए। त्यसको सम्मानमा उनलाई भिक्टोरिया क्रस उपाधि दिइएको थियो। भीसी पुनको ८८ वर्षको उमेरमा २०११ मा निधन भएको थियो। पुन भीसी पाउने १३ जना गोर्खा मध्ये एक थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment