जब अन्तरिक्षमै सुते चिनियाँ अन्तरिक्षा यात्री

डिसी नेपाल
९ असार २०७८ २२:१६

बेइजिङ (एजेन्सी)। चीनको नयाँ स्पेस स्टेशनमा काम गर्ने अन्तरिक्ष यात्रीहरुको काम दिउँसो सुत्नु पनि हो। बुधबार चीनले स्पेस स्टेशनमा गएका तीन अन्तरिक्ष यात्री निए हुइशेंग, लिउ बोमिंग र तांग होंगबोको भिडियो फुटेज जारी गरेको छ। जसमा उनीहरु हावा उडिरहेको र उडिरहेकै अवस्थामा खाना खाएको र सुत्ने तयारी गरेको देखिन्छ।

यो भिडियो यी तीन अन्तरिक्ष यात्रीहरुको तियान्हे स्पेस मोड्युलमा उनीहरु अन्तरिक्षमा जानुभन्दा २४ घण्टा पहिलाको हो। यसअघि २०१६ मा चीनले शेन्जू स्पेस मिशनमा पठाएको थियो। जसको माध्यमबाट गएका अन्तरिक्ष यात्री ३३ दिनसम्म स्पेस स्टेशनमा बसेका थिए। गएका करिब ५ वर्षमा यो चीनको पहिलो मानव स्पेस मिशन हो र यो उसको सबैभन्दा लामो मिशन भएको विश्वास छ। चीनले यसै वर्ष १७ जुनमा यी तीनजना अन्तरिक्ष यात्रीलाई शेन्जू १२ स्पेस फ्लाइटका माध्यमबाट अन्तरिक्षमा बनिरहेको स्पेस स्टेशनमा पठाएको थियो।

चीनको सरकारी टेलिभिजन चाइना टेलिभिजनमा प्रशारित गरिएको यो भिडियो अनुसार यी अन्तरिक्ष यात्रीहरुको काम बिहना ८ बजे ग्राउण्ड कन्ट्रोलसँग कुरा गरेपछि शुरु हुन्छ। यसपछि राती ९ बजेसम्म काम गर्छन् र दिनको अन्तिममा दिनभर गरिएको कामको अपडेट दिन्छन्।

सरकारी टेलिभिजनका अनुसार यी अन्तरिक्ष यात्रीहरुको हरेक हप्तामा एक दिन विदा हुनेछ। बुधबार चिनियाँ राष्ट्रपति शी चिनफिङले पाँच मिनेटसम्म अन्तरिक्ष यात्रीहरुसँग कुरा गरे र उनीहरुलाई धन्यावाद दिए।

साउथ चाइना मोर्निंग पोस्टमा प्रकाशित एक रिपोर्ट अनुसार चिनफिङले भनेका थिए, ‘तीन महिना तपाईँहरुले अन्तरिक्षमा बिताउनु हुनेछ। र तपाइँहरुले त्यहाँ काम गर्दा तपाईँ र तपाईहरुको काम चिनियाँ जनताको मुटुसँग जोडिएको हुनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *