रुपामा ‘एक घर एक टनेल’
कास्की । कास्कीको रुपा गाउँपालिकाले कृषिको आधुनिकीकरण एवम् व्यावसायिकरणलाई जोड दिंँदै एक घर एक टनेल कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यावसायिक कृषिका माध्यमवाट स्थानीयवासीलाई स्वरोजगार बनाउँदै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिइएको बताए ।
“एक घर एक उत्पादन” भन्ने लक्ष्यका साथ यस बर्ष “एक घर एक टनेल” कार्यक्रम शुरु गर्न लागिएको नीति तथा कार्यक्रममा जनाइएको छ । पानी, हावा र असिना समेतबाट जोगाउनुका साथै सानो जग्गामा बढी उत्पादन लिन सकिने टनेल प्रति कृषकको आकर्षण बढेसंँगै गाउँपालिकाले एक घर एक टनेलको अवधारणा अघि सारेको हो ।
“गत आर्थिक बर्ष गाउँपालिकाको आर्थिक सहयोगमा विषेश क्षेत्र निर्धाण गरी १५० वटा टनेल निर्माण गरिएको थियो” उहाँले भन्नुभयो, “ विगतको कार्यक्रम प्रभावकारी देखिएसंँगै सवै वडाका बासिन्दाको आकर्षण बढेको हुँदा यस वर्ष एक घर एक टनेलको अभियान सञ्चालन गरिएको हो ।”
कृषकको मागअनुसार गाउँपालिकाका सात वटा वडाका कूल चार हजार एक सय घरमा टनेल निर्माणका रु ८३ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।
गाउँसभामा आर्थिक वर्ष २०७८।०७९ का लागि रु ४७ करोड ६८ लाख ३५ हजारको बजेट प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ रोकथाम एवं नियन्त्रण तथा सडकलाई प्राथमिकतामा राखिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment