विवाहित पुरुषले श्रीमतीको ‘आशीर्वाद’ पाएपछि अरु २ गर्लफ्रेण्डसँग बिहे गर्ने तयारी

डिसी नेपाल
१० असार २०७८ १४:३५

काठमाडौं। एउटी श्रीमती हुँदाहुँदै उनीसँग सम्बन्धविच्छेद नगरी अर्की श्रीमती बिहे गर्न नपाइने कानुन विश्वका धेरै देशहरुमा छ । तर यस्तै कानुन भएको युरोपेली देशका एक विवाहित पुरुषले भने श्रीमतीको आशीर्वाद लिएर अरु २ गर्लफ्रेण्डसँग बिहे गर्ने तयारी गरेका छन् । उनलाई यी २ वटी गर्लफ्रेण्डसँग बिहे गर्न उनकी पत्नीले अनुमति मात्रै होइन आशीर्वाद नै दिएकी छिन् । यो विचित्रको घटनाको चर्चा अहिले निकै भइरहेको छ ।

डेली मिररको रिपोर्टअनुसार जर्मनीको कोलोन सहरका ३५ वर्षका मार्को सेन्टो सिल्भाले कानुनी रुपमा ३५ वर्षकी डेनिएला सिल्भासँग बिहे गरिसकेका छन् । उनीहरु २०१२ देखि साथमा छन् । तर, अहिले मार्कोले आफ्नी पत्नीको मर्जीअनुसार आफूले अरु २ जना गर्लफ्रेण्डसँग बिहे गर्न लागेको बताएका छन् ।

मार्कोका अनुसार उनले २०१९ मा जेसिका र कामिलासँग भेटेका थिए । तीनैजनाबीच भेटपछि मित्रता बढ्यो र प्रेम भयो । त्यसपछि मार्कोले आफ्ना दुवै गर्लफ्रेण्डलाई आफ्नी पत्नीसँग भेटाए । त्यसपछि सबै आपसमा निकै घुलमिल भए । मार्को र डेनिएलाका २ सन्तान पनि छन् । यसका बावजुद उनी आफ्ना २ गर्लफ्रेण्डसँगको सम्बन्धलाई अगाडि बढाउन चाहन्छन् ।

मार्कोका अनुसार उनी जेसिका र कामिलासँग बिहे गर्नको लागि पूर्ण रुपमा तयार छन् । यो खुसीका बीच मार्कोलाई कसैले आफ्नो खुसी बिगारिदिन्छ कि भन्ने डर पनि लागिरहेको छ । किनकि उनको यो बिहे देखेर कैयौं पुरुषहरुलाई जलन भइरहेको छ । त्यसैले उनी हरेक कदम एकदमै सावधानीपूर्वक चालिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *