राष्ट्रपतिले बदनियतपूर्वक देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको वरिष्ठ अधिवक्ता भण्डारीको तर्क

डिसी नेपाल
१३ असार २०७८ १२:५५
12
Shares

काठमाडौं। वरिष्ठ अधिवक्ता सविता भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियतपूर्वक कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको तर्क गरेकी छिन् । १४९ जना सांसदको समर्थन लिएर गएका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुको पछाडि राष्ट्रपतिको कार्यशैलीमा बदनियत देखिएको उनले टिप्पणी गरेकी छन्।

प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमा निवेदकका तर्फबाट बहस गर्दै भण्डारीले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिनुपर्ने प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नभएको आफैंले स्वीकार गरेको अवस्थामा आफैंले जसपाको समर्थन पाउँछु भन्दै धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गरेकोले यो दावी खारेज गरिनुपर्ने तर्क गरिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *