सेयर बजारमा फर्कियो हरियाली, कारोबार रकममा भने देखिएन उत्साहा

डिसी नेपाल
१३ असार २०७८ १५:३७
32
Shares

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली फर्किएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २७. ३८ अंकले बढेर २८ सय ७०. ३८ अंकमा बन्द भएको छ। अघिल्लो हप्ताको चार दिन घटेको सेयर एक दिन मात्रै बढेको थियो। तर, यो साताको पहिलो दिन आइतबार नै सेयर बजारमा हरियाली फर्किएको छ।

आइतबार कारोबार रकममा भने त्यति उत्साहा देखिएको छैन। कुल २ सय २७ कम्पनीको २ करोड ९ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १६ करोड भन्दा धेरैको कारोबार भएको छ।

प्रत्येक दिन २० अर्बसम्म कारोबार हुने बजार घटेपश्चात कारोबार रकम पनि खुम्चिदै आएको छ। लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहेकोले सेयर बजार रकममा वृद्धि नभएको जानकारहरु बताउँछन।

यस दिन समूहगत आधारमा होटेल्स एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, फाइन्यान्स र इन्सोरेन्सका परिसूचक घटेको छ भने अरु सबै परिसूचकामा वृद्धि भएको छ।

आइतबार सेन्चुरी कर्मशियल बैंक र अपर तामाकोशीको सेयर झण्डै १० प्रतिशतले बढेको छ।

यस दिन सर्वाधिक कारोबार हुनेमा नेस्नल हाइड्रो पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ४० करोड ७० लाख बराबरको कारोबार भएको छ।

यस्तै सबैभन्दा धेरै गोर्खाज फाइन्यान्स लिमिटेडका लगानीकर्ताले साढे ४ प्रतिशतले गुमाएका छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *