बझाङमा स्वास्थ्य सामग्री हस्तान्तरण

डिसी नेपाल
१३ असार २०७८ २२:२८
24
Shares

बझाङ । जिल्लाका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने तथा कोरोना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामग्री सहयोग गरिएको छ । युएमएनअन्र्तगत थलारा गाउँपालिका, केदारस्युँ, वित्थडचिर, थलारा, मष्टा गाउँपालिका र बुङ्गल नगरपालिका, जिल्ला अस्पताल सिमखेत र सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

वितरण गरिएका स्वास्थ्य सामग्रीमा अक्सिजन, पिइपिई सेट, पल्सअक्समिटर, नन्नरिबेथ्रमाक्स, अस्पतालका लागि फोल्डिङ बेड, डसना र घरमा आइसोलेसनमा बस्दा आवश्यक पर्ने सामग्रीलगाएत रहेको युएमएनका बझाङ टिमलिडर ज्योति चपाइँले बताए । ती सामग्रीको मूल्य रु १६ लाख ४९ हजार रहेको जनाइएको छ ।

सो अवसरमा जिल्ला अस्पतालका प्रमुख सन्दीप ओखेडाले कोरोना रोकथामका लागि ती सामग्रीले थप सहयोगपुग्ने बताए । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले युएमएनलगायत साझेदारी संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीले स्वास्थ्य तथा सुरक्षाकर्मीलाई सेवा पुगेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *