पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा राष्ट्रिय सुरक्षाको सरोकार रहने

डिसी नेपाल
१३ असार २०७८ २३:०१
36
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा राष्ट्रिय सुरक्षाको सरोकार रहने बताएका छन् । ‘नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयको वेबिनारको आज उद्घाटन गर्दै उनले वातावरणीय संरक्षणको महत्व केवल मुलुकविशेषको नभई समग्र विश्वकै चासो र चिन्ताको विषय भएको जनाए ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा आयोजित दुईदिवसीय कार्यक्रममा राष्ट्रिय निकुञ्ज र सीमा सुरक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक सर्भिलेन्स उपकरणको प्रयोग जस्ता विषयमा छलफल हुनेछ । परिषद् सचिवालय संयोजक एवं रक्षा सचिव रेश्मिराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कंँडेललगायतले नेपालको पर्यापर्यटन, हिमाली क्षेत्रको महत्व र सुरक्षाका विविध पक्षमा केन्द्रित रही धारणा राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *