असार १५ : किसानलाई रोपाइँको चटारो (फोटोफिचर)

फुर्पा शेर्पा
१५ असार २०७८ ७:३२

काठमाडौं । आज असार १५। मानो रोपी मुरी फलाउने दिन। दही र च्यूरा पनि आजैको दिन खाइन्छ। कृषि प्रधान देश नेपालमा आजको दिनलाई विशेष महत्वकासाथ हेर्ने चलन छ। कवि दैवज्ञ प्रसाद न्यौपानेले भने झैं, ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला,’ आजको दिनलाई कृषि कर्म गर्नेहरुले विशेष महत्वका साथ हेर्ने गरेको पाइन्छ।

आकाशमा डम्ब मडारीयको बादल, भिजेका खेतका आली, हिलाम्य गराहरुमा गोरुसँगको ह..ह..मा चम्किएका हली,  हातमा धानको बिउँ लिएर असारे भाकासँगै हिलोमा घोप्टो परेका जस्तै देखिने रोपार्नी, खेतहरुमा छुट्टै रौकन छाएको छ।

‘असारै महिना दबदबे हिलो छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा २ विस रीन लाग्यो’ गीत घन्किन्छन् आजकै दिन। असारको १५ पुगेपछि जसरी पनि हिलोमा खुट्टा राख्नु पर्ने प्रचलन पनि छ। आफ्नो खेत नहुनेले पनि अरुको खेतमा गएर हिलोमा खुट्टा राख्दै धानको बिउँ समाउने चलन पनि छ।

दही च्यूरा खाने र माटो खोस्रने साहस आजको दिनले माग्दछ। जीवन धान्ने कृषि गर्दैै आइएको नेपालमा व्यवसायिक कृषि गर्नु पर्ने माग पनि उठ्दै आएको छ।

भक्तपुरको गोठाटारमा पनि असारको १५ ले छोएको छ। त्यहाँका किसान पनि असार १५ मा आफूलाई हिलोमा हाल्दै छुपुमा छुपु हिलोमा धान रोपिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *