चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं वार्षिकोत्सवमा जिनपिङको ‘विदेशी शक्ति’लाई चेतावनी
काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं वार्षिकोत्सवका अवसरमा चीनका राष्ट्रपति शी जिनपिङले बेइजिङलाई दबाउन खोज्ने विदेशी शक्तिहरुलाई चेतावनी दिएका छन् । तियानमेन स्क्वायरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले चीनको उदयको पछाडि एकमात्र शक्ति चिनियाँ कम्युनिस्ट पार्टी भएको बताउँदै यसको बाटोमा आउनेहरुलाई चेतावनी दिएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी घरेलु र विदेशी दबाबसँग लड्दै आएको योद्धा भएको बताउँदै जिनपिङले चीन विश्वको धनी र उन्नत शक्ति बन्नको लागि पार्टीको निरन्तर शासन आवश्यक रहेको बताए । ‘चिनियाँ नागरिकहरुले कहिल्यै अरु देशका जनतालाई धम्की, दबाब वा दासत्वका राख्न चाहेनन् । विगतमा यस्तो गरेनन् र भविष्यमा पनि यस्तो गर्ने छैनन्’ जिनपिङले भने ‘अर्कोतर्फ चिनियाँ जनताले कहिल्यै पनि विदेशी शक्तिले आफुहरुलाई धम्की दिन, दबाब दिन वा दास बनाउन दिने छैनन् । जसले पनि यस्तो गर्ने कोसिस गर्नेछ उसको हात १.४ अर्ब चिनियाँ जनताको रगत र मासुबाट बनेको ग्रेट वालमा ठोक्किएर भाँचिनेछ ।’
जिनपिङले पार्टीका क्रान्तिकारी संस्थापकहरुलाई श्रद्धाञ्जली पनि दिए तर उनको मुख्य प्राथमिकता महान चिनियाँ राष्ट्रको निर्माणमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिकामा केन्द्रित थियो । उनले चीन विगतमा शान्तिको लागि बनेको शक्ति भएको बताउँदै ताइवानसँग शान्तिपूर्ण एकीकरण चाहेको बताए । ताइवानलाई स्वतन्त्र बनाउने विदेशी ‘स्कीम’हरुप्रति लक्षित गर्दै उनले भने ‘कसैले पनि चिनियाँ नागरिकको राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने दृढ अठोटलाई कम नठानुन् ।’







डिसी नेपाल







Facebook Comment