बिहेमा खाना पकाइरहेका युवकको उम्लिरहेको भाँडोमा खसेर मुत्यु
काठमाडौं। बिहेमा खाना पकाइरहेका एक युवकको खाना पाकिरहेको भाँडोमा खसेर मृत्यु भएको छ । २५ वर्षका ती युवक खाना पक्राउने क्रममा झुक्किएर उम्लिरहेको भाँडोमा खसेका थिए । स्थानीय मिडियाका अनुसार इराकमा सेफ इस्सा इस्माइलको मृत्यु भएको हो । बिहेको पार्टीको तयारीका क्रममा इस्माइलले चिकेन सुप बनाइरहेका थिए ।
पार्टीका लागि चिकेन सुप उमालिरहेका ती युवक अचानक झुक्किएर त्यही उम्लिरहेको सुपको भाँडोमा खसेका थिए । इराकको दोहुक प्रान्तको जाखो जिल्लामा उक बिहेको हलमा खाना बनाउने काम गरिरहेका बेला ३ सन्तानका पिता २५ वर्षका सेफ इस्माइलको दुर्घटनामा मृत्यु भएको हो ।
बिहेमा आउने पाहुनालाई खाना बनाइरहेका इस्माइल अचानक उम्लिरहेको भाँडोमा खसेपछि नराम्रोसँग जले । उनलाई तत्काल दोहुक अस्पताल लगियो । अस्पतालमा ५ दिनसम्म उपचार गरेपछि अन्ततः उनको मृत्यु भयो । दिवंगत सेफका एक आफन्तले बताएअनुसार उनी विगत ८ वर्षदेखि सेफको काम गरिरहेका थिए ।







डिसी नेपाल







Facebook Comment