कविता : मरुभूमि भित्र लुकेका पीडा

डिसी नेपाल
१९ असार २०७८ ९:५९
216
Shares

पट,पट फुटेका पैतालाहरु मरुभूमिको चर्को घाममा
उद्देश्यको खोजी गर्दै दौडिरहेका दृश्यहरु
पसिनाका धाराहरूले कलेटी परेको मयल बगाउँदै
बगरमा पानी सुक्दा माछा तड्पिए जस्तै।।

नासा, नसामा जलनको अनुभव संगाल्दै
बासी भातको पोको पानीको बोरामा बेर्दै
नबिग्रियोस् खाना गर्मीले भन्ने कामना गर्दै
आफनो परिकल्पनामा लड्दै ,उठ्दै।।

पसिनाको धारा सग भातको पोको खोल्दा
जोगाउन खोजें पनि भातमा हल्का गन्ध आउँदा
खाउ कि नखाऊ भन्दै नाकले सुँघ्नु पर्दा
के रहेछ परदेशमा जिन्दगी मनले सोच्दा।।

पासपोर्टको घेरा भित्र भिसामा बाँधिएर
सम्झौताको दस्तावेजमा आफैलाई थुनेर
यस्तो हुँदापनि परिवारको लागि मिठो सपना बुनेर
कर्म गर्छ नै परदेशी मरुभूमिको गर्मीमा आफूलाई भुनेर।।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *