कविता : जीवन
काँडैकाँडाका बीचमा फूलको जस्तो सङ्घर्ष गर्नु हो जीवन
विगतको धरातलमा टेकी भविष्यको रेखा कोर्नु हो जीवन
अनगिन्ती भोगाईका पोका बनाइ वर्तमान रङ्याउनु हो जीवन
अभावका बीचमा भावको खोजी गर्दै रमाउनु हो जीवन।
निराशाका बीचमा आशाका किरणको खोजी गर्नु हो जीवन
हजारौं नकारात्मक सोचका बीच एउटा सकारात्मक सोचको खोजी गर्नु हो जीवन
नौलोपनका बीच आफ्नोपनको खोजी गर्नु हो जीवन
आँशुका बीच हाँसोको खोजी गर्नु हो जीवन।
अरुका बीच आफ्नो खोजी गर्नु हो जीवन
हराएका अक्षरहरुको खोजी गर्दै नयाँ लेख रच्नु हो जीवन
आफ्ना लागि मात्र नभएर अरुका निम्ति पनि बाँच्नु हो जीवन
खुसीसँग लुकामारी खेल्दै दुःखलाई पनि अङ्गाल्नु हो जीवन।
अन्धकारका बीच आशाका किरण बाल्दै उज्यालो छर्नु हो जीवन
एकान्तका बीच कोही भएको आवसमा जुट्नु हो जीवन
सङ्घर्षका पोकाहरु फुकाई आशा र भरोसाको बिस्कुन सुकाउनु हो जीवन ।।
No ads found for this position

डिसी नेपाल
Facebook Comment