उपत्यकामा सवारी साधनमाथिको प्रतिबन्ध हटाइयो
फाइल फाेटाे
काठमाडौं। काठमाडौं उपत्यकाभित्र थप १० दिन निषेधाज्ञा गर्ने निर्णय भए पनि सवारी साधान भने निर्वाध सञ्चालन हुने भएका छन्। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने तर सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेका छन्।
‘सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटाइएको छ’,जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
उनका अनुसार सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड भने कडाइको साथ पालना गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने गरी सार्वजनिक यातायात खुला गरिएको हो। तर काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment