नेपाली सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक

डिसी नेपाल
२१ असार २०७८ ६:४७
216
Shares

काठमाडौं। सलोन सलिना फिल्मस्को व्यानरमा निर्मित नेपाली सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक भएको छ। लेखक तथा निर्देशक सुरेश न्यौपानेको निर्देशन रहेको ट्रेलरको सिरिजमा युवाहरुको कथालाई देखाइएको छ।

सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ। सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन छ।

त्यस्तै सिरिजमा बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ। सिरिज श्रावण ७ गतेदेखि हरेक बिहीबार राती ७ बजे बुढासुब्बाको बिएम टिभीबाट प्रसारण हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *