एक सातादेखि हराइरहेकी युवतीकाे शव जंगलमा फेला

डिसी नेपाल
२१ असार २०७८ ८:२३
640
Shares

काठमाडाैं। एक सातादेखि हराइरहेकी चितवन, राप्ती–३ की २२ वर्षीया सुजिता भण्डारी स्थानीय जंगलमा मृत अवस्थामा फेला परेकी छिन्। करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा उनको शव भेटिएको चितवन प्रहरीका प्रमुख एसपी ओम अधिकारीले बताए।

‘उहाँको शव हिजो दिउँसो भेटिएको हो साँझ परिवारका सदस्यले सनाखत गरे अहिले उठाउने तयारी भएको छ’, एसपी अधिकारीले भने।
असार ११ गते बिहान तरकारी किन्न गएकी तर दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएपनि उनी वेपत्ता भएकी थिइन्।

परिवारका सदस्यले तीन जनाले अपहरण गरेको उजुरी दिएका थिए। सो विषयमा जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले अनुसन्धान गरिरहेका थिए । ‘ प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी राखेको छ अहिले नै केही भन्न सक्ने अवस्था छैन’, एसपी अधिकारीले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *