प्रतिनिधि सभा विघटनबारेको बहस आज सकिँदै

डिसी नेपाल
२१ असार २०७८ १०:५३
92
Shares

काठमाडौँ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस शुरु भएको छ। जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ। जवाफी बहस शुरु गर्नुअघि इजलासले रिट दायर गर्ने पक्षका वकिलहरुलाई विभिन्न प्रश्नहरु राखेको छ।

इजलासले राखेका प्रश्नमा शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ ?, १४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक थिए भन्ने छ त्यो के हो? संवैधानिक इजलाशमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो ?, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो ? जस्ता प्रश्न रहेका छन्।

रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने कानून व्यवसायीले ती प्रश्नको जवाफ दिनु हुनेछ। रिट निवेदक पक्षको करीब २ घण्टाको बहसको समय बाँकी छ । जवाफी बहस सकिएपछि अदालतका सहयोगी ‍एमिकस क्युरीले आजै वहस गर्ने भएको छ। त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.