तामाकोशीले ठूला परियोजनाका लागि आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छन्।
राष्ट्रपतिले आज बेलुकी ट्वीट गर्दै सो आयोजनाले मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि गर्नाका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्वास बढाउने विश्वासका साथ आयोजनाको सफलतामा योगदान गर्ने सबैलाई बधाई दिएकी छन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादन सुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण हो। यस आयोजनाले हाम्रो विद्युत उत्पादन क्षमता वृद्धि गर्नुका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्वास बढाउने विश्वास लिएको छु । आयोजनाको सफलतामा योगदान गर्ने सबैमा बधाई !
— Bidya Devi Bhandari (@PresidentofNP) July 5, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment