प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास

डिसी नेपाल
२२ असार २०७८ १७:३२
96
Shares

सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट मंगलबार शिलान्यास गरेका छन्।

सप्तरीको राजविराज नगरपालिका वार्ड नम्बर १० बिरौलमा प्रतिष्ठानको प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् । एक प्रदेश एक प्रतिष्ठान निर्माण गर्ने लक्ष्य अनुसार शिलान्यास गर्दै प्रम ओलीले सबैको प्रयासले आज प्रतिष्ठानको निर्माण कार्यको शुभारम्भ भएको बताए ।

प्रधानमन्त्री ओलीले देशको हरेक क्षेत्रमा बिकास आवश्यक रहेकाले विकासलाई तिब्रता दिन हरेक पक्षको सहयोग र सहकार्य आवश्यक रहेको धारणा ब्यक्त गरे।

प्रतिष्ठानको निर्माणले शिक्षा, स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मार्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, प्रतिष्ठानले रोजगारीको अवसर समेत सिर्जना गर्ने छ।

सप्तरी पछाडि परेको ठाउँ नभएर विकासका लागि अगाडि बढेको बताए । रुपनी सडक, औद्योगिक क्षेत्र सञ्चालन, छिन्नमस्ता पर्यटकीय गन्तब्य क्षेत्र विकास लगायतमा काम अगााडि बढाएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
हिमाल, पहाड र तराई सबै क्षेत्रको विकास र उन्नतीको लागि आफूले तिब्र गतिमा काम गरिराखेको बताए।

प्रतिष्ठान निर्माणले प्रदेश २ का सबै जिल्ला, छिमेकी जिल्ला तथा भारतीय नागरिक समेतले स्वास्थ्य सेवा लिन सक्ने भएकोले आवश्यक्ता अनुसार निर्माण हुन लागेको प्रधानमन्त्री ओलीले भनाइ रहेको थियो ।

प्रतिष्ठानका पूर्वाधार तयारी विकास समितिका निर्देशक तथा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले शिलान्यासको भूमि पुजन गरेका थिए ।

सोही कार्यक्रममा राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादवले प्रतिष्ठानको शिलान्यास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै समयमा निर्माण सम्पन्न गराउन नगरवासीले हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रतिष्ठानका लागि दुई कित्ताका गरी ६१ विघा, छ कठ्ठा क्षेत्रफल जग्गा दर्ता भएको छ ।

प्रतिष्ठानको संरचना बनाउन ११ अर्ब ९८ करोड रकम खर्च हुने अनुमान गरिएको छ । यस्तै, प्रतिष्ठानको डीपीआर तयार पार्न मात्र १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका निर्देशक डा. झाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.