इन्धनको मूल्य फेरि बढ्यो, अझै बढ्न सक्ने निगमको आंकलन

डिसी नेपाल
२२ असार २०७८ २१:१०
1.1k
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले आज रातीदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धन रखाना पकाउने ग्यासको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेलरमटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

गत असार १० गते पनि निगमले इन्धनको मूल्य बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।

निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.