पुरानो लयमा फर्किँदै काठमाडौं, कोरोनाकाे जोखिम कायमै

डिसी नेपाल
२३ असार २०७८ ११:३३
248
Shares

काठमाडाैं। काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पछि सडकमा  चहलपहल बढेकाे छ।

सीमान्तकृत समुदायको दैनिकीलाई ख्याल गरेर बााध्यात्मक सवारी साधनदेखि निषेधाज्ञा खुकुलाे बनाउनु परेकाे प्रशासनको तर्क छ। काम गरेर दैनिकी गुजारा गर्नेहरुको दैनिकीलाई ध्यानमा दिएर ‘लिभिङ विथ कोरोना’ कोरोना सँगसँगै रहन सिकौं भन्ने रणनीतिका साथ विस्तारै विभिन्न क्षेत्रहरु खुल्ला गरिएको हो।

सवारी साधन र अन्य क्षेत्र खुला गरेसँगै चहल पहल बढेसँग संक्रिमतकाे संख्या पनि बढ्न थालेकाे छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पोजेटिभिटीदर अझै पनि २० प्रतिशतको हाराहारीमा रहेको बताए।

उनले भने, ‘पछिल्ला दिनमा चेकजाँच पनि कम भएको पाइएको छ। चेकजाँच कम हुँदा संक्रमितको संख्या कम देखिएको हो। काठमाडौं उपत्यकाको औषत संक्रमित दर कम भए पनि पुरै देशको औषत गर्ने हो भने पोजेटिभिटीदर अझै २० प्रतिशत हाराहारीमा छ।’

सबै तस्वीर फुर्पा शेर्पा/ डिसी नेपाल

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.