जन्म दिनका पूर्व राजाले भने–अग्रगमन झुट रहेछ
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाह आजबाट ७५ वर्षमा प्रवेश गरेका छन्। तर पूर्व राजा ज्ञानेन्द्रले आफ्नो जन्म दिन नमाउने निर्णय गरेका छन्।
जन्म दिनको अवसरमा पूर्व राजाले राजनीतिक टिप्पणी गरेका छन्।
उनले राजनीति राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण र आन्दोलनको अवस्थामा देखा परेको जनाएका छन्। उनले परिवर्तन र अग्रगमनका चर्का र झुठा नाराका कारण जनतामा निरासा पैदा भएकोसमेत जनाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा पूर्व राजाले लेखेका छन्, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं।’
राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) July 7, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment