ओली र नेपालबीच मेरियट होटलमा वार्ता जारी
फाइल तस्वीर
काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता जारी छ। होटल मेरियटमा यतिबेला वार्ता भइरहेको छ। वार्तामा दुबैतर्फका दोस्रो तहका नेताहरु पनि सहभागी छन्।
विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलको बुधबार दिउँसोको बैठकले बुधार दिनभर आन्तरिक छलफल गरेर दुई नेताहरुबीच वार्ता गराउने निर्णय गरेको थियो। सोही निर्णयपछि ओली र नेपालबीच वार्ता भएको हो।
वार्तामा सहमति जुटे ओली र नेपालले सँयुक्त वक्तव्य जारी गर्नेछन्। कार्यदलमा सँयुक्त वक्तव्यको मौस्यौदाको तयारीसमेत भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment