ओली–नेपाल वार्ता सकियो, दुबै नेताले वार्ताबारे प्रतिक्रिया दिएनन्
फाइल तस्वीर
काठमाडौं। एमालेको आन्तरिक विवादका विषयमा सहमति जुटाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता सकिएको छ। होटल मेरियटमा ७ बजेपछि शुरु भएको वार्ता सवा ९ बजे सकिएको हो।
करिब साढे २ घण्टा भएको वार्तामा के भयो भन्ने विषयमा भने केही जानकारी दिइएको छैन। वार्ता स्थलबाट नेता नेपाल पहिला बाहिरिएका छन्। उनले पत्रकारहरुले वार्ताबारे राखेको जिज्ञाशामा कुनै जवाफ दिएनन्।
नेता नेपालपछि बाहिरिएका प्रधानमन्त्री ओलीले पनि वार्ताबारे केही प्रतिक्रिया दिएनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment