एमालेकाे कार्यदलमा सहमतिको मस्यौदामा छलफल, आजै सहमति हुने दावी
काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलमा सहमतिको मस्यौदामा छलफल भइरहेको छ। सिंहदरबारमा जारी कार्यदलको बैठकमा सहमतिको मस्यौदामा छलफल चलिरहेको वरिष्ठ नेता माधवकुमार नेपाल निकट कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए।
कार्यदलको बैठक जारी रहे पनि पन्त भने बैठकबाट बाहिरिएका छन्। पत्रकारहरुसँग कुरा गर्दै उनले सहमतिको मस्यौदामाथि छलफल भइरहेको जानकारी दिए। उनले सकसम्म आजै सहमति हुने विश्वास व्यक्त गरे। उनले सहमतिको मस्यौदामा आफूहरुले सुझाव दिएको र ती सुझावलाई समेटेर सहमतिको मस्यौदा तयार पार्ने काम भइरहेको बताए।
विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिब विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र विष्णु रिमाल छन्।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिब घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।







डिसी नेपाल








Facebook Comment