बाढी प्रभावित मेलम्चीको अवलोकनमा प्रधानमन्त्री ओली (फोटोफिचर)

डिसी नेपाल
२६ असार २०७८ १९:२८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची बजारको अनुगमन गरेका छन्। प्रधानमन्त्री ओलीले बाढी प्रभावित हेलम्बुको पनि अनुगमन गरेका छन्।। सो क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची बजारको दीर्घकालीन समाधान खोजिने बताए। उनले बजारलाई अनेत्र सारेर अहिले प्रभावित बनेको क्षेत्रमा तरकारी र फलफुल खेति गर्नुपर्ने बताए।

उनले बाढी प्रभावितका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले एकद्वार प्रणालीबाट मात्रै वितरण गर्न आह्वान गरे।

सो क्रममा प्रधानमन्त्री ओलीले बाढी प्रभावितहरुलाई राहतसमेत वितरण गरेका थिए। यही असार १ गते हेलम्बु र मेलम्चीमा मेलम्ची नदी र इन्द्रावती नदीमा आएको भीषण बाढीमा परी आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो भने करोडौंको क्षति भएको थियो।

तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *