मनकामनाको आइपीओ बाँडफाँट, यसरी हेर्ने नतिजा
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार (आज) बाँडफाँट भएको छ।
मागभन्दा धेरै आवेदन परेको हुदा आईपीओ ग्रोलाप्रथाबाट वितरण गरिएको हो। ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका छन्। दुई जनाले भने ११ कित्ता शेयर हात पारेका छन्। ११ कित्ता शेयर पर्नेलाई भाग्यमानीको संज्ञा दिइएको छ।
कम्पनीको आइपीओमा ७३ गुणा अर्थात २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको थियो। जसमध्ये ९८ प्रतिशतलाई आइपीओ परेको छैन।
आइपीओको नतिजा हेर्नको लागि मेरो शेयरको https://iporesult.cdsc.com.np तथा https://meroshare.cdsc.com.np क्लिक गर्नु पर्ने छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment