कामना सेवा विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र जारी गर्ने

डिसी नेपाल
२९ असार २०७८ १०:५४
112
Shares

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले एक अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र निष्कासनका लागि कामना सेवा विकास बैंक र एनआइबिएल एस क्यापिटलबीच सम्झौता भइसकेको बैंकले जनाएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एनआइबिएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

बैंकले १ हजार अंकित दरका कुल १० लाख एकाइको ‘९५ केएसबिबिएल डिबेन्चेर २०८८’ नामक ऋणपत्र जारी गर्नेछ।

निष्कासन गर्न लागेको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.