प्रधानमन्त्री देउवासँग उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट

डिसी नेपाल
३१ असार २०७८ १७:५६
320
Shares

काठमाडौं। उद्योग वाणिज्य महासंघका पदाधिकारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। विहीबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै प्रधानमन्त्री देउवासँग महासंघ पदाधिकारीले भेट गरेका हुन्।

सो भेटका क्रममा उद्योगीहरुले कोरोनाका कारण अर्थतन्त्र तहसनहस भएको र उद्योग वाणिज्य क्षेत्र समस्यामा परेको विषय प्रधानमन्त्रीलाई अवगत गराएका थिए। जवाफमा प्रधानमन्त्री देउवाले कोरोनाले प्रभाव पारेको उद्योग वाणिज्य क्षेत्रलाई लयमा ल्याउन आफूले प्रयास गर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *