कोरोनाको खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएअचओ चेतावनी

डिसी नेपाल
१ साउन २०७८ ६:४४
360
Shares

काठमाडौं । विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएअचओ)ले चेतावनी दिएको छ।

डब्ल्यूएअचओको इमरजेन्सी बैठकले अब फैलिने भेरियन्ट रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ।

विश्वमा कोरोना महामारी सकिन लागेको भन्ने गलत हल्ला फैलाउन थालिएको प्रति सचेत रहन समेत डब्ल्यूएअचओले आग्रह गरेको छ।

संगठनका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिनु त परको कुरा महामारी नजिकसमेत नपुगेको स्पष्ट पारेको कुरा बीबीसीमा उल्लेख छ।

विश्वमा अहिले १८ करोड ९६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ४० लाख ८२ हजारभन्दा धेरैको ज्यान गएको छ। कोरोना विरुद्धको खोप लगाउन र स्वास्थ्यका मापदण्ड पनि पालना गर्न डब्ल्यूएअचओ आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.